
वासिङ्टन, अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ । ह्वाइहाउसका प्रवक्ता केराइन जीन पयरेले राष्ट्रपति बाइडेनलाई सङ्क्रमण भएको हो ।
हाल राष्ट्रपति बाइडेन निवासमै आइसोलेशनमा रहेको र सामान्य औषधिको प्रयोग गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाका सामान्य लक्षण देखिएका छन् भने उनले निवासबाटै काम गर्ने प्रवक्ता पयरेले बताएका छन् ।







