April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

नाम मात्रैको डिजिटलले लाइसेन्स लिन कष्ट

काठमाडौं, सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणको फाराम बुझाउन मात्रै नौ घण्टा लाममा लाग्नुपर्ने अवस्था छ ।

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा चालक अनुमतिपत्र नवीकरण गर्न जाने सेवाग्राहीले ‘टोकन’ लिन, बैङ्कमा राजस्व जम्मा गर्न र फाराम बुझाउन मात्रै कम्तीमा नौ घण्टा लाग्छ । त्यहीमाथि दैनिक बाँडिने दुई सय ‘टोकन’ हात पार्न बिहान सखारै यातायात कार्यालय पुगेर लाम कुर्नुपर्ने अवस्था छ ।

एकान्तकुना कार्यालयमा दैनिक एक हजार पाँच सय हाराहारीमा सेवाग्राही पुग्छन् । एकान्तकुना कार्यालयका अनुसार लाइसेन्स नवीकरणका लागि मात्रै दैनिक तीन सय जनासम्म सेवाग्राही एकान्तकुना पुग्छन् । लाइन व्यवस्थित पार्ने जनशक्तिसमेत कार्यालय परिसरमा देखिँदैन । उता कार्यालयका कर्मचारीको गुनासो छ, पर्याप्त कर्मचारी नै छैनन् ।

सेवाग्राहीको मागअनुसार यातायात व्यवस्था कार्यालयले लाइसेन्स आपूर्ति गर्न नसक्दा दुई वर्षसम्म कुर्नुपर्ने अवस्था छ । तर पछिल्लो समय प्रिन्ट गर्न बाँकी लाइसेन्सहरू क्रमशः घटाउँदै लगिएको विभागले जनाएको छ । विभागका अनुसार झन्डै सात लाख प्रति प्रिन्ट गर्न बाँकी लाइसेन्स दुई लाखमा झारिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

शीर्ष समाचार

धेरै पढिएको