October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

मन्त्रालयलमा चाप बढ्यो, २० जना सहसचिव कामविहीन

काठमाडौं, कर्मचारीको दरबन्दी रिक्त हुनुअघि नै सहसचिव पदको पदपूर्ति गर्दा लामो समयसम्म कामविहीन अवस्थामा सहसचिवहरू अतिरिक्त समूहमा थन्किने गरेका छन् । लोकसेवा आयोगले दरबन्दी रिक्त हुनुअघि नै सहसचिव पदको पदपूर्ति गर्दा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा सहसचिवको चाप बढेको छ ।

सहसचिवका पर्याप्त दबरन्दी अभावमा कामविहीन भएर मन्त्रालयमा सहसचिव थुप्रिने गरेका छन् । अहिले मन्त्रालयमा झन्डै २० जना सहसचिव कामविहीन भएर अतिरिक्त समूहमा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अझै १२ जनाजति सहसचिव बढुवा भई आउनेक्रममा रहेका छन् ।

मन्त्रालयकै विभिन्न शाखा, महाशाखा र सिंहदरबार घुमेर ती कर्मचारीले समय बिताउने गरेका छन् । मन्त्रालयका सहसचिव रघुराम विष्टले लोकसेवा आयोगले आफ्नो कार्यतालिकाअनुसार कर्मचारी बढुवा गरेको भए पनि सहसचिव पदको दरबन्दी खाली नहुँदा अतिरिक्त समूहमा थन्काउनुपरेको बताए । गोरखापत्र दैनिकबाट ।

शीर्ष समाचार

धेरै पढिएको