February 26, 2024, Monday
२०८० फाल्गुन १४, सोमबार

सांसदका लागि संयुक्त आवास बनाउने तयारी

काठमाडौं, सरकारले सांसदका लागि संयुक्त आवास निर्माण गर्ने तयारी अघि बढाएको छ । आवास निर्माण गर्न संघीय संसद् सचिवालको पत्रअनुसार शहरी मन्त्रालयले प्रारम्भिक डिजाइनको काम सम्पन्न गरेको छ ।

सांसदका लागि शहरी विकास मन्त्रालयअन्र्तगत रहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले भक्तपुरको सानोठिमीमा रहेको नेपाल राष्ट्र बैंकको करिब ७६ रोपनी जग्गामा संयुक्त आवास निर्माणको प्रस्ताव गरेको छ । आयोजनाले धेरै भवन निर्माण गर्दा खर्च धेरै लाग्ने भएकाले चारवटा अपार्टमेन्ट निर्माणको अवधारणा अघि सारेको छ ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक दिलिपशेखर श्रेष्ठले सांसद आवासका लागि प्रारम्भिक डिजानको काम सम्पन्न गरेर स्वीकृतिको लागि मन्त्रालयमा पठाइएको बताए ।

हाल प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ६० जना गरी ३ सय ३५ जना संघीय सांसद रहेका छन् । आवासमा सभा हल, हरियाली पार्कसहितका आधारभूत सेवा सुविधा रहने गरी डिजाइन गरिएको छ । आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले चार सय युनिट रहने गरी बनाइने उक्त आवासको एउटा अपाटेमेन्ट दस तलाको हुने जानकारी दिए । उनले भने– ‘प्रतिनिधिसभासभा र राष्ट्रिय सभाका सांसदलाई एकै ठाउँमा राख्ने गरी आवासको डिजाइन गरिएको छ, फाइल मन्त्रालय पुगेको छ ।’ नेपाल समाचारपत्रबाट

शीर्ष समाचार

धेरै पढिएको