June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

भिजिट भिसामा जान १८ नयाँ प्रावधान

Kathmandu, Nepal – September 21 2019: Tribhuvan International Airport in Kathmandu, Nepal.

काठमाडौं, गृह मन्त्रालयले कार्यविधि तयार नहुञ्जेलसम्मका लागि भिजिट भिसा सम्बन्धी अस्थायी प्रावधान लागु गरेको छ।

बिहीबार सचिवस्तरीय निर्णयबाट कार्यविधि तयार भई कार्यान्वयनमा नआउञ्जेलसम्मका लागि अस्थायी प्रावधान लागु गरेको गृह मन्त्रालयले जनाएको छ। अस्थायी प्रावधानले पुरानो व्यवस्थालाई भने संशोधन गरेको छ।

अस्थायी प्रावधानअन्तर्गत खाडी मुलुकभन्दा बाहिर कम्तिमा एक पटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरु भिजिट भिसामा जान पाउनेछन्।

विदेशी मुलुकमा न्यूतम दुई वर्षभन्दा बढी व्यतित गरेका र न्यूनतम कक्षा १२ को औपचारिक शिक्षा हासिल गरेका व्यक्तिहरु भिजिट भिसामा यात्रा गर्न पाउनेछन्।

अंग्रेजी र गन्तव्य मुलुकमा बोलिने अन्तर्राष्ट्रिय भाषामा दख्खल भएको व्यक्ति पनि जान पाउनेछन्।

वार्षिक न्यूतम पाँच लाख रुपैयाँ करयोग्य आय भई त्यसको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध भएका व्यक्तिहरु भिजिट भिसामा जान पाउनेछन्।

आफ्नो एकाघर (आफ्नै परिवार)को नातेदारका साथमा भ्रमणमा जाने तथा आमन्त्रण र प्रयोजनमा जाने व्यक्ति (आमाबाबु, सासुससुरा, छोराछोरी, श्रीमानश्रीमती) जान पाउनेछन्।

नेपाली दूतावासको सिफारिसमा विरामी कुरुवा र रेखदेखका लागि जाने तीन पुस्ते नाताभित्रका व्यक्तिले पनि भिजिट भिसामा जान पाउनेछन्।

खेलाडी र कलाकारले भिजिट भिसामा जान प्रायोजकको आधिकारिक पत्र वा सम्बन्धित नेपाली दूतावासको सिफारिस वा नेपालीस्थित अध्यागमनको पूर्व स्वीकृत भएमा जान पाउने आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको