October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

कांग्रेसप्रति प्रचण्ड रुष्ट

काठमाडौं, आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली काँग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् । माओवादीकै बलमा काँग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उनले अपमानजनक रुपमा कांग्रेसका नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन्छ ।

एमसीसी सम्झौता संसदबाट पारित गर्ने क्रममा कांग्रेसका सांसद डा. मीलेन्द्र रिजालले माओवादीलाई नीतिलाई लक्षित गर्दै अभिव्यक्ति दिनुभएको थियो । रिजालको अभिव्यक्तिले माओवादीका नेताहरु असन्तुष्ट बन्दै आएका छन् । अन्तिम अवस्थामा माओवादीले एमसीसी पारित गर्ने निर्णय गरेको भन्दै रिजालले संसदमा माओवादीको धज्जी उडाउने गरी अभिव्यक्ति दिएका थिए । यो समाचार नेपालसमाचारपत्र दैनिकमा छ ।

शीर्ष समाचार

धेरै पढिएको