May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

महिलाका लागि प्रमुख पदमा ५० प्रतिशत स्थान सुरक्षित

काठमाडौं, स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाका लागि ५० प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने माग महिला नेत्रीहरूको छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको अवस्थामा महिला नेत्री तथा आयोग पदाधिकारीहरूले यस्तो आवाज उठाएका हुन् ।

नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले स्थानीय निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिइन् । स्थानीय तहको प्रमुख, अध्यक्ष र वडाध्यक्ष पदका लागि धेरै महिला सक्षम भइसकेकाले प्रमुख पदमा कम्तीमा ५० प्रतिशत स्थान महिलाका लागि सुरक्षित गर्नुपर्ने नेत्री भुसालको भनाई छ ।

स्थानीय तहको निर्वाचनमा प्रमुख, अध्यक्ष र वडाध्यक्षमा ५० प्रतिशत उम्मेदवार बनाउनुपर्ने मागसहित काँग्रेसमा अभियान थालिएको उनले बताईन। निर्वाचन आयोगले दलहरूलाई कम्तीमा ५० प्रतिशत प्रमुख पदमा महिला हुनुपर्ने दबाब दिनुपर्ने उनको भनाइ छ । त्यस्तै, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले दलहरूले महिलाको योग्यता र क्षमताका आधारमा अबको स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुखको जिम्मेवारी दिनुपर्नेमा जोड दिइन् ।

संविधानको सुन्दर पक्ष समानुपातिक, समावेशी र सहभागितामूलक प्रतिनिधित्वको सुनिश्चितता हो । ७५३ पालिका (गाउँपालिका र नगरपालिका) मा २०७४ मा निर्वाचित कुल जनप्रतिनिधिमा महिला सहभागिता ४१ प्रतिशत छ ।

प्रमुख पदाधिकारी (प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्ष)मा निर्वाचित एक हजार ५०६ जनामध्ये ७१८ महिला छन्, जुन कुल पदाधिकारी सङ्ख्याको ४७.६८ प्रतिशत हो । संविधानले राजनीतिक दलले उम्मेदवारी दिँदा प्रमुख पदाधिकारी पदमा कम्तीमा एक महिला प्रस्ताव गर्नुपर्ने व्यवस्था गरेका कारण यो सम्भव भएको आजको गोरखापत्र दैनिकम खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको