June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

आगलागी जोखिम कम गर्न चक्रपथका विभिन्न स्थानमा फायर हाइड्रेन्ट स्थापना गरिने

काठमाडौं, राजधानीमा बढ्दै गएको आगलागी जोखिमलाई दृष्टिगत गर्दै उपत्यकाको चक्रपथभित्र पाँच सय स्थानमा फायर हाइड्रेन्ट स्थापना गरिने भएको छ । दमकलले पानी भर्न मिल्नेगरी प्रविधि जडान गरिनुलाई फायर हाइड्रेन्ट भनिन्छ ।

मेलम्ची आयोजनाले पानी वितरणका लागि पाइप जडान भइसकेका क्षेत्रमा अहिलेसम्म २५० स्थानमा फायर हाइड्रेन्ट जडान गरिसकेको छ । बाँकी क्षेत्रमा सो प्रविधि जडान गर्ने स्थानसमेत पहिचान भई काम अगाडि बढाइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । सहरी क्षेत्रमा आगलागी जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि फायर हाइड्रेन्ट प्रविधि अन्तर्राष्ट्रिय रूपमै प्रभावकारी मानिन्छ ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले राजधानीमा पानी वितरण तयारीसँगै फायर हाइड्रेन्ट जडानसमेत सुरु गरिएको जानकारी दिए । घना बस्ती र आवादीका कारण आगलागी जोखिम बढ्दै गएको राजधानीमा मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवीप्रकोप था विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने फायर हाइड्रेन्ट सञ्चालनमा ल्याउन लागिएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

शीर्ष समाचार

धेरै पढिएको