May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

उपत्यकामा हट्यो सबै प्रकारका प्रतिबन्ध

file photo

काठमाडौं, अब १२ वर्षमुनिका विद्यार्थीको पनि नियमित कक्षा सञ्चालन हुने भएको छ । यसअघि १२ वर्षमुनिका बालबालिकालाई आलोपालो गरी कक्षा सञ्चालनको निर्णय भए पनि कोभिड– १९ संक्रमणदर घटेको भन्दै सरकारले नियमित कक्षा सञ्चालनको निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको हो ।

जसअनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेका हुन् । ‘१२ वर्षमाथिका विद्यार्थीले खोप लगाइसकेर नियमित कक्षा भइरहेको थियो,’ शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘तर, त्यसमुनिका बालबालिकामा खोप नलगाइए पनि संक्रमणदर घटेर जोखिम टरेको आकलनअनुसार कक्षा सञ्चालनबारे निर्णयको अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिइएको हो । जसअनुसार जिल्ला प्रशासनले स्थानीय तहसँग समन्वय गरेर प्रतिबन्ध हटाउन थालेका छन् ।

कोभिडको तेस्रो लहरको संक्रमण घटेर सामान्य अवस्थातिर गएसँगै डेढ महिनाअघिका सबै प्रकारका प्रतिबन्ध खारेजीमा परेका छन् । काठमाडौंका तीनवटै जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउन, २०७८ सम्बन्धी कार्यविधिका सबै आदेश शनिबारदेखि खारेजीको निर्णय गरेका हुन् । गृहले उपत्यकाबाहिरका सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यकताअनुसार निर्णयको अधिकार दिएको छ ।नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको