September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर १५० रुपैयाँ

काठमाडौं, सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो ।

यता खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।
निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।

यसैगरी आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा भइरहे पनि नबढाउने निर्णय लिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको