September 29, 2023, Friday
२०८० आश्विन १२, शुक्रबार

नेता पौडेलसहित १० जना केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं, कांग्रेस सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन् । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिएका हुन् ।

कांग्रेसको विधानअनुसार पार्टी सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । मनोनीत हुनेमा नेता पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीन विश्वकर्मा रहेका छन् । मनोनीत हुने १० जनामध्ये १४औँ महाधिवेशनमा पदाधिकारीमा पराजित भएका पाँचजना छन् । 

सिंह र निधि सभापतिको पहिलो चरणको निर्वाचनमा सभापतिको उम्मेदवार थिए । उनीहरूले सभापतिको दोस्रो चरणको निर्वाचनमा सभपतिमा देउवालाई सघाएका थिए । त्यस्तै, देउवा प्यानलबाट गच्छदार र सिंह प्यानलबाट सुजाता कोइराला उपसभापतिमा पराजित भएका थिए । नेता महत पनि देउवा प्यानलबाटै महामन्त्रीमा पराजित भएका थिए । नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको