April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार

देउवालाई दुई तिहाई समर्थन

काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाई बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ ।

 कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरुको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको हो ।

मंगलबार साँझसम्मको मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र थप शक्तिशाली बनाउने देखाएको छ । पार्टी पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवा निकट नेताको पक्षमा परिणाम देखिएका छ ।

नौ स्थानमा भएको महिला खुलातर्फ देउवाइतर समूहबाट सरिता प्रसाईं मात्र निर्वाचित भएकी छन् । चार पदका लागि भएको मधेसी महिलामा सबै देउवा निकट निर्वाचित भएको आजको नागरिक दैनिकमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको