August 17, 2022, Wednesday
२०७९ भाद्र १, बुधबार

एलसी खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था

काठमाडौं, नेपाल राष्ट्र बैंकले विभिन्न वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विलासी वस्तुको हकमा यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले सोमवार आफ्नै बैंकिङ विभाग, प्रादेशिक कार्यलयसँगै वाणिज्य बैंक र राष्ट्रिय स्तरका बैंकहरूको नाममा एक निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । अब उनीहरूले तोकिएको वस्तुको आयात गर्ने प्रयोजनका लागि एलसी खोल्दा आयातकर्ताबाट अनिवार्य रूपमा नगद मार्जिन लिनुपर्ने छ ।

राष्ट्र बैंकले विभिन्न हार्माेनिक कोड भएका वस्तुहरूको आयातमा यस्तो व्यवस्था लागू गरेको हो । विशेषगरी ०९०७, १७, २२, २४, ३३०३, ३३०४, ३३०५, ४४, ६४, ६५, ६६, ६७, ६८, ६९, ७०१०, ७१०६, ८७०३, ८७११, ९४०३ र ९५०४.४०.०० हार्मोनिक कोड भएका वस्तुको आयात गर्दा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको आजको आर्थिक अभियान दैनिकमा खबर छ । 

शीर्ष समाचार

धेरै पढिएको