March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

प्रहरीमा “चोर बाटो” आएकाले रजगज

file photo

काठमाडौं, २५ पुस २०५८, यो यस्तो दिन हो, जुन दिनलाई नेपाल प्रहरीका कतिपय अधिकृत अहिले पनि सम्झन चाहँदैनन् । सम्झिऊन् पनि कसरी रु त्यो दिनले उनीहरूको वृत्तिविकासमा नराम्रो असर पार्ने पक्कापक्की थियो, कालान्तरमा पर्‍यो पनि ।

त्यस दिनको सरकारको निर्णयविरुद्ध ११२ र ११३ औं टोलीका प्रहरी निरीक्षकहरूले सर्वोच्च अदालतसमेत गुहारे । तर, सर्वोच्च अदालतले उनीहरूलाई साथ दिएन । सरकारकै निर्णय सदर गरेपछि उनीहरू चुपचाप लाग्नुको विकल्प पनि भएन ।

त्यसबेला गृहमन्त्री थिए खुमबहादर खड्का । प्रहरी महानिरीक्षक थिए प्रदीपशमशेर जबरा । जबराअघिका प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलकै पालामा सरकार त्यो निर्णय गर्न अघि बढिरहेको थियो ।

तर, प्रहरी महानिरीक्षक खरेलले गृहमन्त्री खड्काको योजनामा साथ दिएनन् । बरु चट्टानी अडान लिए, ‘म नेपाल प्रहरीको नेतृत्वमा होउन्जेल उनीहरूलाई प्रहरीको प्रधान कार्यालयको गेटभित्र पनि छिर्न दिन्नँ ।’ खरेलपछि जबरा प्रहरी महानिरीक्षक बने ।

उनले खरेलको जस्तो अडान लिन सकेनन् । फलस्वरूप शक्ति र पहुँचका आधारमा राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेका उनीहरू जबराको कार्यकालमा प्रहरीको बर्दी लगाउन सफल भए । हो, शक्ति र पहुँचका आधारमा र दलको झन्डा बोकेका कारण राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेर अहिले प्रहरीको बर्दी लगाएका प्रहरी अधिकृतको कारण प्रहरी संगठन बदनाम हुँदै गएको छ । 
त्यसदिन राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा ३० इन्स्पेक्टरसहित ४६ जनालाई स्थानान्तरण गरिएको थियो । ३० इन्सपेक्टरमध्ये अहिले अधिकांश प्रहरी उपरीक्षक (एसपी) छन् । त्यसबेला आएकामध्ये कतिपयले अवकाश पनि पाइसकेका छन् ।

अपवादबाहेक अधिकांश प्रहरी आचरण र नीतिविपरीतका कार्यमा संलग्न देखिएका छन् । तीनै ३० इन्सपेक्टरमध्येका एक जना हुन्, एसपी सिद्धिविक्रम शाह, जो अहिले आपराधिक कार्यका कारण चर्चामा छन् । उनको आपराधिक कार्य बाहिरिएपछि हालै मात्र जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखबाट हटाएर उनलाई प्रधान कार्यालय तानिएको आजको राजधानी दैनिकमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको