March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

नेप्से हालसम्मकै उच्च बिन्दुमा, अहिलेसम्मका सबै रेकर्ड ब्रेक

काठमाडौं, बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले हालसम्मका सबै रेकर्ड ब्रेक गरेको छ । बुधबार सेयर बजार ३ हजार १ सय १२ बिन्दुपार गरेर फर्किएको हो । दिनभर बजारमा उतारचढाव आउँदै अन्त्यमा नेप्से ३ हजार ९४ दशमलव ९४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।

बैंकमा सहज तरलता र सस्तो ब्याजदर नै सेयर बजारमाथि जाने प्रमुख कारण हुन् । यस दिन बिमा र होटेल तथा पर्यटन समूहमा बढी आकर्षण देखिएको थियो ।
प्रायः साउन–भदौमा सेयर बजारमा रौनकता आउने गर्छ ।

यस समयलाई सेयर बजारको प्रमुख सिजनका रूपमा लिइन्छ । साउन मसान्तसम्म सबै सूचीकृत कम्पनीहरूले वित्तीय विवरण सार्वजनिक गर्ने र त्यसपछि लाभांश घोषणा हुने भएकाले सेयर बजारमा लगानीकर्ता सक्रिय हुने जानकारहरू बताउँछन् ।

पछिल्लो समय नयाँ उचाइमा पुगेको बजारले हरेक दिन उच्च बिन्दुको रेकर्ड बनाउने र अर्को दिन घट्ने प्रवृति देखिएको छ । आइतबारको रेकर्ड मंगलबार र मंगलबारको रेकर्ड बुधबार तोडिएको छ ।

१५ दशमलव ३० अंकले बढेको बजारमा २ सय १९ कम्पनीको १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँ बराबरको २ करोड ८१ लाख ७० हजार १ सय ७२ कित्ता सेयर कारोबार भएका छन् ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये नौवटा उपसमूह बढेका छन् भने बाँकी घटेका छन् । बुधबार निर्जीवन बिमा समूह सर्वाधिक ४४९ दशमलव ५६ अंकले बढ्दा जीवन बिमा समूह ४३१ दशमलव ३८ अंकले बढेकोे आजको राजधानी दैनिकमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको