December 6, 2021, Monday
२०७८ मंसिर २१, मंगलवार

लामो दूरीका सार्वजनिक यातायात खुलाउने तयारी

काठमाडौं, सरकारले लामो दूरीका सार्वजनिक यातायात खुलाउने तयारी गरेको छ । सबै सरकारी तथा सार्वजनिक निकाय खुलिसकेको अवस्थामा लामो दूरीका सार्वजनिक यातायात बन्द हुँदा सर्वसाधारणले दुःख पाएको गुनासो बढेपछि सञ्चालन गर्न दिन लागिएको हो । 

कोभिड– १९ संकट व्यवस्थापन समिति (सिसिएमसी)मा यसबारे छलफल भएको छ । जसअनुसार आगामी साता यसबारे निर्णय आउन सक्ने सिसिएमसीका एक सदस्यले बताएका छन् । 

अहिले सबैजसो जिल्लामा सार्वजनिक यातायात खुलेका छन् । अन्तर्जिल्ला यातायात सञ्चालन नहुँदा सर्वसाधारण जिल्लैपिच्छे सवारीसाधन फेरेर यात्रा गर्न विवश छन् ।

यसले एकातर्फ सर्वसाधारणलाई सास्ती भएको र अर्काेतर्फ कोरोना जोखिमसमेत बढाउने भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर लामो दूरीका यातायात सञ्चालन गर्न दिने तयारी गरिएको छ । 

उपत्यकामा निजी सवारीसाधनको हकमा प्रवेश र बाहिर जान खुला भइसकेको छ । गत ३१ असारमा बसेका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निजी सवारीसाधनका हकमा उपत्यका प्रवेशका लागि पास नचाहिने निर्णय गरेको थियो । लामो दूरीका यातायातको सन्दर्भमा सिसिएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको