March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

सिन्धुपाल्चोकको तातोपानी नाका महिना दिनदेखि ठप्प

सिन्धुपाल्चोक, भोटेकोसी गाउँपालिका–२ स्थित चीन जोड्ने सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिका–२ स्थित चीन जोड्ने तातोपानी नाकाबाट महिना दिनयता मालवाहक सवारी आउजाउ ठप्प छ ।

सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्ग (२६ किलोमिटर) को लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा गत असार १ देखि ठप्प नाका सञ्चालनमा आउन सकेको छैन ।

तातोपानी नाकाको भौतिक पूर्वाधार व्यवस्थित नबनाइँदा दिनहुँ बिग्रँदै गएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताएका छन् । ‘यहाँको सडक दिनभर बनायो, बेलुकीको पानीले भासिइहाल्छ, लिपिङ पुल झनै जीर्ण बन्दै छ । नाकाको व्यथालाई सरकारले कहिले देख्ला ?’ उनले भने ।

बढ्दो कोरोनाकालमा पनि ‘आइसोलेट एरिया’ सहित मालवाहक सवारी सञ्चालनमा आएको तातोपानी नाका अघिल्लो बर्खाझैं भौतिक अवस्थाकै कारण रोकिने अवस्थामा पुगेको उनको भनाइ छ ।

चीनको खासा हुँदै लिपिङ बजार आइपुगेका कन्टेनर क्षतिग्रस्त लिपिङ पुल पार गर्न पूरै भासिने त्रासमा छेउमै रोकिने गरेको आजको कान्तिपुर दैनिकमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको