October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

उत्तरी सीमा क्षेत्रका नाका दुई वर्षदेखि ठप्प

काठमाडौं, चीनले नेपालका सबै साना नाकाहरू साउन तथा भदौको पहिलो सातामा गरी वर्षमा दुईपटक खोल्ने गथ्र्यो। दुई वर्षअघि साउन, भदौमा एक साताका लागि खोलेर बन्द गरेका नाका अहिलेसम्म खुलेनन्।

जसका कारण ताप्लेजुङदेखि दार्चुलासम्मका सीमा क्षेत्रका बासिन्दा विविध समस्या झेलिरहेका छन्। मुख्य नाकाहरू पनि निर्वाध सहज नहुँदा व्यापार–व्यवसाय प्रभावित भएका छन्। 

वुहानमा कोभिड–१९ का बिरामी भेटिएपछि चीनले औपचारिक रूपमा नाका बन्द गरेको थियो। सदरमुकामबाट छ–सात दिनसम्म हिँडेपछि पुगिने सीमावर्ती गाउँहरूमा अहिले बाढीपहिरोका कारण पदमार्ग हिँड्नै नसक्ने गरी भत्किएका छन्। सीमा पनि नखुल्ने, सदरमुकामबाट जाने पदमार्ग पनि बन्द हुँदा उत्तरी सीमा क्षेत्रका बासिन्दामा भोकमरीको चिन्ता छ। 

खाद्यान्न संकट आउन थालेपछि गोरखाका केही उत्तरी गाउँहरूमा हेलिकप्टरबाट धेरथोर चामल ढुवानी गरी भरथेग गर्ने प्रयास गरिएको छ। अन्य जिल्लाका गाउँहरू खाद्य संकटको अवस्थामा पुगेको आजको अन्नको पोस्टमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको