October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

ठाकुर पक्षका पाँच संसद लागे यादव पक्षमा

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष सरकारमा जाने भएपछि महन्थ ठाकुर पक्षलाई साथ दिएका ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा पुगेका छन् ।

यादव पक्षले शनिबार बोलाएको संसदीय दलको बैठकमा ठाकुर पक्षमा चार सांसद उपस्थित भएका थिए भने एकजना सांसदले बैठकमा उपस्थित नचएपनि  यादव पक्षलाई साथ दिने आवश्वासन दिएका छन् ।

यादव पक्षका नेता मृगेन्द्रसिंह यादवका अनुसार ठाकुर पक्षका प्रमोद साह, अमृताच अग्रहरी, रानी मण्डल, नरमाया ढकाल बैठकमै उपस्थित भए । रुही थारुले आफू काठमाडौं बाहिर भएकाले बैठकमा आउन नसकेको जानकारी गराएकी आजको समाचार नागरिक दैनिकमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको