November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

राउटे युवतीलाई अर्धनग्न बनाएर जबरजस्ती भिडियो बनाउने तीन जना पक्राउ

काठमाडौं, राउटे समुदायका युवतीलाई अर्धनग्न बनाएर जबरजस्ती भिडियो बनाउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको हो ।

युवतीलाई युवाले मादक पर्दाथ सेवन गराई होटलमा लगेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षका दोमनबहादुर घर्ती, २४ बर्षका भुपेन्द्र बुढा र २९ बर्षका होटल सञ्चालक बिनोद पुन रहेको प्रहरी चौकी मेहेलकुनाले जनाएको छ ।

भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयले तत्काल अनुसन्धान गरी कारवाहीको माग गरेका छन् भने हाल घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको