November 29, 2021, Monday
२०७८ मंसिर १४, मंगलवार

हरेक हप्ताको बुधबार श्रम स्वीकृति दिने निर्णय

काठमाडौं, वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौँले यहीँ जेठ २६ गतेदेखि हप्ताको एक दिन हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ ।

कार्यालयका अनुसार जेठ २६ गतेदेखि हरेक बुधबार एक दिनका लागि सबै प्रकारका श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ । कोरोनाको जोखिमका बाबजुद पनि सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर हप्ताको एक दिन बुधबार कार्यालयबाटै सेवा दिनेगरी तयारी भएको सो कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार कोरोना सङ्क्रमणको नियन्त्रण तथा रोकथाम गर्ने भन्दै गएको वैशाख २४ गतेदेखि कार्यालयले भौतिक रूपमा उपस्थित भएर लिनुपर्ने सेवाहरू बन्द गरेको थियो ।

यो बीचमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो । यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घले हप्ताको एक दिन श्रम स्वीकृति दिने व्यवस्था गर्न माग गर्दै वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीको ध्यानाकर्षण गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

शीर्ष समाचार

धेरै पढिएको