April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

दुई वर्षभित्र दूधमा आत्मनिर्भर हुन्छ: कृषिमन्त्री अर्याल

काठमाडौं, कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र दूधमा आत्मनिर्भर हुने बताएकी छन् । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा समेत दूधमा दुई वर्षभित्र आत्मनिर्भर हुने उल्लेख भएको हुनाले सोहीअनुसार कार्यक्रम बनाएर लक्ष्य पूरा गर्ने उनले बताइन् ।

२१औँ विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मङ्गलबार आयोजना गरेको अभौतिक कार्यक्रममा मन्त्री अर्यालले प्रतिव्यक्ति ११ लिटर दूध अपुग रहेको र त्यसलाई दुई वर्षभित्र पूरा गर्ने दाबी गरिन ।

दुग्ध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्नेगरी बजेट ल्याएको बताउँदै उनले दुग्ध क्षेत्रमा भएका तमाम समस्या समाधानतर्फ मन्त्रालय लागिरहेको भन्दै उनले दूध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको बताइन् ।गोरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको