October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

जसपाकाे विवाद चर्कियाे,दुवै पक्षले २४ घण्टे स्पष्टीकरण पठाए

जनता समाजवादी पार्टीको दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण पठाएका छन् । यसबाट जसपाको विवाद उत्कर्षमा पुगेको छ । दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो । यसअघि जेठ ११ गते दुवै पक्षले तीन तीन दिनको स्पष्टीकरण सोधेका थिए । पहिलो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले जवाफ पठाएनन् । दोस्रो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले स्पष्टीकरणको जवाफ नदिने भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

शीर्ष समाचार

धेरै पढिएको