October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

साउदीबाट ४२ हजार नेपाली स्वदेश फिर्ता

काठमाडौं, साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने ७ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । ४ लाख ४६ हजार ९० जना निको भएका छन् ।

साउदीमा कोरोना भाइरस र अन्य कारणले रोजगार गुमाएर अलपत्र परेका ४२ हजार ३ सय ६ जना नेपाली चार्टड उडानद्वारा स्वदेश फिर्ता भएका छन् ।

नेपाल सरकारले कोरोना संक्रमणको मध्यनजर गर्दै अनिश्चितकालीन उडान बन्द गरे लगत्तै स्वदेश फिर्ताका लागि हजारौँ नेपाली पर्खाइमा रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

शीर्ष समाचार

धेरै पढिएको