April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

जसपामा स्पष्टीकरणको जुहारी

काठमाडौं, पछिल्लो समय नेपालको राजनीतिमा निर्णायक शक्तिको रुपमा उभिएका जनता समाजवादी पार्टी (जसपा) मा स्पष्टीकरणको जुहारी चलेको छ ।

जसपामा प्रथम अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै गतिविधि गरिरहेका छन् ।

महन्थ र राजेन्द्र प्रधानमन्त्री ओली निकट छन् भने बाबुराम र उपेन्द्र विपक्षी गठबन्धनमा सक्रिय छन् । महन्थ-राजेन्द्र पक्ष ओली सरकारमा जाने तरखरमा छन् ।

विघटित प्रतिनिधि सभामा ३४ (२ निलम्बित) सांसद रहेको जसपाका बाबुराम-उपेन्द्र पक्ष ओलीलाई सत्ताच्युत गर्न १२ जना सदस्यलाई लिएर अदालतको ढोका ढक्ढकाउन पुगेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

शीर्ष समाचार

धेरै पढिएको