October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

कालीमाटी भित्रिने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू

file photo

काठमाडौं, देशकै ठूलो परिणाममा तरकारी भित्रिने बजार कालीमाटीमा भित्रिने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निषेधाज्ञाको समयावधिभर बजारमा भीडभाड नहोस् भनेर मङ्गलबारदेखि बजार प्रवेश गर्ने सवारी साधनमा जोर–बिजोर प्रणाली लगानी गरेको हो ।  

समितिका सूचना अधिकारी विनय श्रेष्ठले निषेधाज्ञाको समयमा पनि बजारमा भीड कम नभएपछि कालीमाटी बजार विकास समितिले ढुवानीका गाडीमा जोर–बिजोर प्रणाली लागू गरेको जानकारी दिए ।

बजारमा तरकारी खरिद गर्न आउने सवारी साधनका कारण हुने भीडभाडलाई कम गर्नका लागि जोर–बिजोर प्रणाली लागू गरिएको श्रेष्ठले जानकारी दिए । 

बजारमा जोर–बिजोर लागू भएसँगै भीडभाड केही घटेको उनको भनाइ छ ।  उनका अनुसार जोर बारमा जोर नम्बरका गाडी र बिजोर बार बिजोर नम्बरका सवारी साधन चल्नेछन् । यो नियम कालीमाटीमा भित्रिएको तरकारी खरिद गर्न आउने सवारी साधनमा मात्रै लागू हुनेछ ।

कालीमाटी बजारमा तरकारी लिएर भित्रिने सवारी साधनमा भने यो नियम लागू नहुने समितिले स्पष्ट पारेको छ । समितिका अनुसार कालीमाटीमा तरकारी लिन जाने पाउने सवारीहरू बिहान ८ः०० बजेभित्र बजार प्रवेश गरिसक्नु पर्नेछ, त्यसपछि प्रवेश गर्न पाइने छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

शीर्ष समाचार

धेरै पढिएको