
काठमाडौं, नेपाल वायुसेवा निगमको जहाज लगातर तीन दिन बेइजिङ जाने भएको छ । अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर लिन निगमको एयरबस ३३० जहाज चीन जाने भएको हो ।
शनिबार, आइतबार र सोमबार तीन दिन लगातार जहाज जान लागेको काठमाडौं निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।
पहिलो दिन गत २८ चैतमा ४ सय थान सिलिन्डर, १ सय ६० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान भेन्टिलेटर ल्याइएको थियो । चीनले अनुदानमा दिने ३५ सय थान अक्सिजन सिलिन्डरमध्ये निगमलाई २ हजार थान सिलिन्डर ल्याउने जिम्मा दिइएको थियो ।
‘दुईवटा उडानमा ५ सय ५० थानका दरले र एक उडानमा ५ सय थान अक्सिजन सिलिन्डर तथा तीनवटै उडानमा ५ सय ५० थानका दरले अक्सिजन कन्सन्टे«टर लिएर आउनेछ,’ पौडेलले भने । तीन उडानमा १६ सय थान सिलिन्डर र १६ सय ५० अक्सिजन कन्सन्ट्रेटर ल्याइने जानकारी पौडेलले दिए ।
काठमाडौं–बेइजिङ उडान ७ घन्टाको रहेको छ । चीन सरकारले दिने ३५ सय थान अक्सिजन सिलिन्डरमध्ये १५ सय थान गाडीमार्फत आउने र बाँकी २ हजार थान निगमको जहाजमार्फत ल्याइनेछ । निगमले प्रतिघन्टा १५ हजार डलरमा जहाज चार्टर गर्न लागेको हो ।नयाँ पत्रिकाबाट







