June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

उद्योगी र व्यापारीको मिलेमतोमा चिनीको मूल्य वृद्धि

काठमाडौं, निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् । चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ । ८५ रुपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी अहिले ९० देखि ९५ रुपैयाँ किलोसम्ममा बिक्री भएको छ । 

साल्ट ट्रेडिङ कर्पोरेसनले भने कर छुटमा ल्याएको चिनी आफ्नो आउटलेटमा किलोको ७७ रुपैयाँ ७५ किलोमा बिक्री गरिरहेको छ । 

चिनी उद्योगी र ठूला व्यापारीको मिलेमतोमा चिनीको मूल्य बढाएको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए । यो समाचार आजको नागरिक दैनिकमा छ । 

शीर्ष समाचार

धेरै पढिएको