June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

ललिता निवास जग्गा प्रकरण: ढकाल छाड्ने विषयमा न्यायाधीशको राय बाझियो

काठमाडौं, ललिता निवास जग्गा प्रकरणमा मुख्य बिचौलिया शोभाकान्त ढकालको मुद्दामा दुई न्यायाधीशको राय बाझिएपछि पूर्ण इजलासमा गएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा भएको सुनुवाइमा ढकाललाई छाड्ने विषयमा दुई न्यायाधीशको फरक मत आएपछि मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।

न्यायाधीश खतिवडाले ढकाललाई ३ करोड रुपैयाँ लिएर धरौटीमा छाड्ने आदेश लेखेका छन् भने न्यायाधीश भट्टराईले मुद्दा अन्तिम किनारा नलागुन्जेल थुनामै राख्नुपर्ने आदेश लेखेका छन् । उनीहरूको राय बाझिएसँगै अब ढकाल पुर्पक्षका लागि थुनामै रहनेछन् । यो मुद्दा ३ जनाभन्दा बढी न्यायाधीशको इजलासमा सुनुवाइ हुनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाललाई मुख्य बिचौलिया बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसविरुद्ध ढकालले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको