June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

अब श्रम स्वीकृति अनलाइनबाट मात्र

काठमाडौं, वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनलाइनमार्फत मात्रै श्रम स्वीकृति दिने निर्णय गरेको छ । विभाग मातहतका कार्यालयमा भौतिक रूपमा उपस्थित भएर दिइने सेवाहरू स्थगन गर्ने निर्णय गरिएको विभागले जनाएको छ ।

यसअन्तर्गत अन्तिम श्रम स्वीकृति, वैधानिकीकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रूपमा उपस्थित भई लिइने पुनः श्रम स्वीकृति परेका छन् । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले सरकारले जारी गरेको २९ गतेसम्मको निषेधाज्ञा अवधिभर विभाग माताहतका कार्यालयमा भौतिक रूपमा उपस्थिति भएर दिइने सेवा स्थगन गरिएको जानकारी दिएका छन् ।

सरकारले दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणको रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिसकेको छ । सरकारले काठमाडौँ उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा जारी गरेका कारण यो अवधिमा अति आवश्यकबाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिइसकेको छ ।गोरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको