March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

तरकारी तथा फलफुल बजारमा कोरोना जोखिम उच्च

file photo

काठमाडौं, कोभिड–१९ को महामारीका कारण उपत्यकाका थोक तरकारी तथा फलफुल बजारहरु जोखिममा परेका छन् ।

खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न दिइने भएपछि तरकारी तथा फलफूल बजारहरूमा बिहान र बेलुका एक्कासि भीड बढ्दा त्यहाँ कोरोना सर्ने जोखिम बढेको छ । खाद्यान्न तथा तरकारी पसल बिहान ६ः०० देखि १०ः०० बजेसम्म र साँझ ५ः०० देखि ७ः०० बजेसम्म खुला हुन्छन् ।

खुद्रा पसलका लागि तरकारी तथा फलफूल खरिद गर्न थोक बजार कालीमाटी, बल्खु, बानेश्वर, तीनकुने, बागबजार टुकुचालगायतका ठाउँमा जाने गरेका छन् त्यसले गर्दा बिहान त्यहाँ अत्यधिक भीड हुने गरेको छ ।

थोक बजार पनि अघिपछिभन्दा सीमित समयसम्म खुल्ने भएकाले उपभोक्ताको भीड अत्यधिक हुने गरेको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेले तरकारी बजारमा अत्यधिक भीडका कारण जोखिम बढेको बताए । सरकारले तोकेको मापदण्डअनुसार बजार सञ्चालन गरे पनि कतिपय व्यापारीले त्यो मापदण्ड पालन नगरेका कारण जोखिम झनै बढेको उनले बताए । गोरखापत्र दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको