December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

लुम्बिनीमा सरकार ढाल्ने र जोगाउने खेल

काठमाडौं, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकार टिकाउन आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादीका तीन सांसदलाई मन्त्री बनाएका छन् ।

अविश्वास प्रस्ताव दर्ता भएको तीन घण्टाभित्रै मुख्यमन्त्री पोखरेलले जसपाका सांसदहरू सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझीलाई मन्त्री बनाएका हुन् । उनले जसपाकै सांसद कल्पना पाण्डेलाई पनि मन्त्री बनाएका छन् । अविश्वास प्रस्तावमा उनको भने हस्ताक्षर छैन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका ४१ सांसद्ले हस्ताक्षर गरी प्रदेश सभामा सोमबार पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा नेपाली कांग्रेसका १९, माओवादीका १७, जसपाका ५ गरी ४१ सांसदको हस्ताक्षर छ । उनीहरूले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीको प्रस्ताव गरेको नयाँ पत्रिकामा खबर छ ।

अविश्वास प्रस्ताव दर्ता गर्नुअघि सोमबारै सरकारमा सहभागी माओवादीका मन्त्रीहरू केसी र सुदर्शन बरालले राजीनामा दिएका थिए । ८७ सदस्यीय प्रदेश सभामा हाल ८५ सदस्य छन् । माओवादीका दुई सांसद एमालेमा प्रवेश गरेकाले उनीहरू पदमुक्त भएपछि सभा ८५ सदस्यीय भएको हो ।

जसमा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । बहुमतका ४३ सांसद चाहिन्छ । एमाले एक्लैका ४१ सांसद छन् ।

शीर्ष समाचार

धेरै पढिएको