December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

कांग्रेसको महाधिवेशन कार्यतालिका पुनः हेरफेर

काठमाडौं, नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन गरेको छ । कांग्रेसले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत फेरि महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेर गरेको हो ।

जसअनुसार क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने म्याद १५ जेठ राति १२ बजेसम्मका लागि तोकिएको छ । यसअघि सो मिति गत चैत मसान्तसम्मका लागि निर्धारण गरिएको थियो भने त्यसअघि ११ चैतसम्म तोकिएको थियो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने अन्तिम म्याद १५ जेठ राति १२ बजेसम्मका लागि तोकिएको र त्यसपछि स्वतः प्रणाली बन्द हुने जानकारी दिए ।

‘क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने अन्तिम म्याद १५ जेठ राति १२ बजेसम्मका लागि तोकिएको छ, सो समयभित्र विवरण नआए प्रणालीले नै पछि विवरण लिने छैन, त्यसपछि स्वतः प्रणाली बन्द हुनेछ,’ कांग्रेस सहमहामन्त्री महतले कार्यतालिका परिवर्तनबारे जानकारी दिँदै राजधानीसँग भने ।

शीर्ष समाचार

धेरै पढिएको