December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

३५ अङ्कले घट्यो नेप्से

काठमाडौं, आइतबार सबै समूहको सूचक घटेको छ । कारोबारमा आएका १२ समूहको सूचक नकारात्मक हुँदा नेप्से परिसूचक ३५ दशमलव ८९ प्रतिशतले घटेर २ हजार ६ सय ९९ दशमलव ५१ प्रतिशत बिन्दुमा पुगेको हो ।

त्यस्तै, ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स ६ दशमलव २९ प्रतिशतले घटेर ४ सय ८६ बिन्दुमा पुगेको छ । यस दिन म्युचुअल फन्ड उपसमूहको सूचक मात्र सकारात्मक रह्यो । सबैभन्दा धेरै घट्ने ट्रेडिङ समूहको सूचक रहेको छ । यस समूहको ३ दशमलव २७ प्रतिशत घटेको छ । त्यस्तै, दोस्रो समूहको सूचकमा घट्नेमा होटेल तथा पर्यटन समूह रहेको छ । यस समूहको सूचक २ दशमलव ३२ प्रतिशतले घटेको हो ।

अघिल्लो हप्तादेखि लगातार उच्च बिन्दुमा पुगेको नेप्से साताको पहिलो दिन आइतबार करेक्सन भएको छ । नेप्से परिसूचक घटेको भए पनि कारोबार रकम भने वृद्धि भएको छ ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय ७ कम्पनीको १ करोड ९५ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा ८ अर्ब ८० करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । यसअघि उच्च बिन्दुमा नेप्से पुग्दा पनि कारोबार रकममा वृद्धि हुन सकेको थिएन । सबैभन्दा धेरै कारोबार हुनेमा एभरेष्ट बैंक रहेको छ ।

यस बैंकको ८७ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको ५५ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । तेस्रो धेरै कारोबार हुनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रहेको छ । यसको २७ करोड ९८ लाख रुपैयाँको कारोबार भयो । नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको