November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

धरहराको मुख्य निर्माण कार्य सम्पन्न, वैशाख ११ गते प्रधानमन्त्रीले उद्घाटन गर्दै

काठमाडौं, गत २०७२ सालको भूकम्पबाट पूर्णरूपमा क्षतिग्रस्त धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भएको छ । मुलुकको इतिहास र सम्पदासँग जोडिएको यो स्तम्भको उद्घाटन यही वैशाख ११ गते हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुहुने कार्यक्रम तय भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्राविधिक सल्लाहकार राजुमान मानन्धरले धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको बताउँदै प्रधानमन्त्री ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको जानकारी दिएका छन् ।

वैशाख ८ गते धरहराको २२औँ तलामा भीमसेन थापाकै पालाको शिवलिङ्ग राखिने उनले बताए । उनका अनुसार उद्घाटनका क्रममा प्रधानमन्त्री ओली लिफ्टमार्फत धरहराको टुप्पोमा पुगेर धरहराबाट अवलोकन गर्नेछन । साथै त्यहीँ उनलाई धरहरा निर्माणबारे जानकारी गराइने छ । वैैशाख ११ गते उद्घाटन गरिए पनि सर्वसाधारणका लागि केही समयपछि मात्र खुला गरिनेछ । गोरखापत्र दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको