May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

फेरी पनि काठमाडौं विश्वको प्रदूषित सहरहरुको पहिलो सूचीमा

  • 11
    Shares
file photo

काठमाडौं, काठमाडौं उपत्यका फेरि पनि विश्वको प्रदूषित सहरहरुको सूचीमा एक नम्बरमा परेको छ ।मुलुकका विभिन्न भेगमा लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण भइरहेको हो ।

आजका काठमाडौंको वायुस्तर १९० एक्युआई मापन भएको छ । हिजो काठमाडौंको वायुको स्तर २ सय एक्युआइसम्म पुगेको थियो । हिजोको तुलना केही सुधार भएको पाइए पनि विश्वमा सबैभन्दा बढि प्रदुषण भएको शहरमा नेपाल एक नम्बरमै कायम रहेकोे छ ।

वातावरण विभागका अनुसार पहिलेभन्दा थोरै सुधार भएको तर स्वस्थकर वायुमा श्वास लिने अवस्था नरहेको जनाएको छ । हाल देशका ३ सय ७७ स्थानमा डढेलो लागिरहेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको