May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

विद्युतआयोजनाको निर्माण अवधि १ वर्ष थप

  • 7
    Shares

काठमाडौं, बैशाख १ । सरकारले कोरोना प्रभावित निर्माणाधीन आयोजनको निर्माण अवधि १ वर्ष थप गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिकरणले थप निर्णय गर्नुपर्ने भएको छ । प्राधिकरणको सञ्चालक समितिले यससम्बन्धी थप निर्णय गरेपछि मात्रा प्रभावित आयोजनाहरूले तोकिएको छूट तथा सुविधा पाउने भएका हुन् ।

गत फागुनको पहिलो साता मन्त्रीस्तरीय निर्णयबाट कोरोना प्रभावित आयोजनाहरूलाई विभिन्न राहत दिनेगरी ऊर्जा मन्त्रालयले निर्णय गरेको थियो । त्यसमध्ये निर्माणाधीन आयोजनाको विद्युत् उत्पादन मिति अर्थात् निर्माण अवधि १ वर्ष थप गर्ने निर्णय पनि थियो । त्यसलाई कार्यान्वयन गर्न प्राधिकरणको सञ्चालक समितिबाट पनि निर्णय गर्नुपर्ने भएको हो । विद्युत् उत्पादन मिति विद्युत् प्राधिकरणसँग सम्बद्ध रहेकाले थप निर्णय गर्नुपर्ने भएको हो ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बोर्डबाट थप निर्णय भएपछि मात्रा यो विषय कार्यान्वयन हुने बताए । बोर्डबाट यस विषयमा निर्णय गरिने उनको भनाइ छ । ‘अब बोर्डबाट यस विषयमा आवश्यक निर्णय भएपछि यो कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्छ,’ उनले भने, ‘आवेदन दिएका सबै आयोजनाले १ वर्ष नै थप म्याद पाउँछन् भन्ने हुँदैन ।

आयोजनाहरूमा परेको प्रभावको आधारमा बढीमा १ वर्षसम्म मात्र म्याद थप हुन सक्छ ।’ यससम्बन्धी प्रस्ताव तीनपटक प्राधिकरणको बोर्डमा गइसकेको छ । तर, निर्णय हुन सकेको छैन । सम्भवतः अब हुने बोर्ड बैठकमा यससम्बन्धी निर्णय हुन सक्ने बताइएको छ । आर्थिक अभियान दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको