May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

भारतबाट फर्किएका कोरोना संक्रमित सरासर घरतिर

  • 3
    Shares
file photo

काठमाडौं, भारतमा बस्दै आएकी उदयपुरको त्रियुगा नगरपालिका–७ की ४५ वर्षीया महिला आइतबार बिहान ११ बजेतिर जोगवनी हुँदै विराटनगरको रानी नाकामा आइपुगिन् ।

विराटनगर प्रवेश गर्ने क्रममा उनलाई हनहनी ज्वरो आइरहेको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण पनि थियो । भारतबाट आउनेको स्वास्थ्य परीक्षण गर्न र रेकर्ड राख्न विराटनगर महानगरपालिका–१५ रानीस्थित ‘हेल्थ डेस्क’ मा खटिएका स्वास्थ्यकर्मीले महिलाको एन्टिजेन परीक्षण गरे ।

नभन्दै रिपोर्ट पोजिटिभ आयो । ती महिलामा ज्वरो पनि एक सय डिग्री थियो । विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिजेन परीक्षणको रिपोर्ट पोजिटिभ आउनु नै कोरोना संक्रमण पुष्टि हुनु हो । महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीले विराटनगर महानगरलाई खबर गरे । महानगरले प्रदेश १ को सामाजिक विकास मन्त्रालयलाई जानकारी गरायो । तर, मन्त्रालयले मास्क लगाउँदै सावधानी अपनाएर जानु भन्दै महिलालाई घरतिर पठाउन निर्देशन दियो ।

ती महिलालाई घर पठाउनुबाहेक सीमा क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीसँग अन्य विकल्प भएन । महिला गाडी चढेर उदयपुरस्थित आफ्नो घरतिर लागिन् । त्यसपछि हल्लीखल्ली मच्चिएको छ । अन्यमा संक्रमण फैलन सक्ने भन्दै अवस्था त्रासपूर्ण बनेको छ । स्थानीय तहसँग पनि समन्वय नगरी ती महिलालाई घर पठाइएको पाइएको छ । अन्नपूर्ण पोस्ट् दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको