May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

असुरक्षित बन्दै काठमाडौं उपत्यका

  • 6
    Shares

काठमाडौं, कोरोना संक्रमणले फड्को मार्न थालेपछि राजधानी उपत्यका असुरक्षित बन्दै गएको छ । छिमेकी मुलुक भारतमा एकैदिनमा लाखौंको संख्यामा कोरोना संक्रमितको संख्या एकाएक बढेपछि राजधानी काठमाडौ आतंकित बनेको छ ।

राजधानी उपत्यका प्रवेश गर्ने नाकाहरु अहिले नेतृत्वविहीन अवस्थामा रहेका छन् । सरकारले उपत्यका प्रवेशमा कडाइ गर्ने बताए पनि चेकजाँचबिना काठमाडौ भित्रनेको संख्या बढ्दो अवस्थामा रहेको छ ।

राजधानी भित्रने प्रमुख नाकाको रूपमा रहेको नागढुंगामा कोरोना संक्रमणको कुनै चेकजाँच गरिएको छैन । अन्य नाकाको पनि हालत उस्तै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न निर्देशन दिएको भए पनि कार्यान्वयन हुन नसकेको भन्दै मन्त्रालयले असन्तुष्टि व्यक्त गरेको छ । नेपाल समाचारपत्र दैनिकमा खवर छ 

शीर्ष समाचार

धेरै पढिएको