March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

८७ प्रतिशतले घट्यो अन्तर्राष्ट्रिय पर्यटक आवागमन

काठमाडौं, कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सन् २०२१ को जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आवागमन ८७ प्रतिशतले घटेको छ । विश्व पर्यटन संगठन गत साता सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० को सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय पर्यटन आवागमनमा कमी आएको हो ।

सन् २०२० को जनवरीसम्म कोभिड महामारीका रुपमा फैलिएको थिएन । २०२० को जनवरीमा ४ प्रतिशतको वृद्धिसँगै डेढ अर्ब व्यक्ति घुमफिरमा निस्किएको तथ्यांकले देखाएको छ । सन् २०२१ को जनवरीमा भने युरोपेली मुलुकमा कोभिडको दोस्रो लहर चलेकाले पर्यटक आवागमन प्रभावित भएको छ ।

पर्यटक आवागमन जनवरीमा सबैभन्दा बढी एसिया तथा एसिया प्रशान्तीय क्षेत्रमा ९६ प्रतिशतले घटेको छ । पर्यटक घुमफिरका दृष्टिले विश्वको पहिलो सूचीमा पर्ने यो क्षेत्रका मुलुकको पर्यटनमा कोभिडले बढी असर गरेको तथ्यांकले देखाएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।

शीर्ष समाचार

धेरै पढिएको