March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढ्यो, एक सातामै ४० अर्ब संकलन

काठमाडौं, लामो समयपछि वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढेको छ । बैङ्कहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको छ । यसअघि कर्जा प्रवाह बढी र निक्षेप सङ्कलन कम हुने गरेको थियो । नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जाको रकम बजारमा पठाएपछि बैङ्कहरूको निक्षेप ह्वात्तै बढेको हो ।

कोरोना प्रभावित उद्योग–व्यवसायलाई दिएको पुनर्कर्जाबापतको रकम रिलिज भएपछि बैङ्कहरूमा एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको हो । पछिल्लो समयमा कर्जाको माग उच्च भएका कारण निक्षेपको करिब तीन गुणासम्म कर्जा लगानी गरेका बैङ्कहरूलाई चैत महिनाको तेस्रो सातामा निक्षेप बढेपछि सहज भएको छ ।

कोरोनाका कारण प्रभावित भएको आर्थिक क्षेत्रले गति लिएसँगै बैङ्कहरूमा कर्जाको माग बढेपछि बैङ्कहरूमा पनि कर्जा विस्तार बढ्दो क्रममा थियो । नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार फागुन महिनाभर ४० अर्ब निक्षेप सङ्कलन गरेका वाणिज्य बैङ्कहरूले चैत महिनाको तेस्रो सातामा मात्रै ४० अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् । सोही अवधिमा बैङ्कहरूको कर्जा लगानी ३८ अर्ब रुपियाँमा सीमित रहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

शीर्ष समाचार

धेरै पढिएको