May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

गृहमन्त्री बादललाई सांसद पदबाट हटाउन माओवादीको पत्राचार

  • 15
    Shares

काठमाडौं, नेकपा माओवादी (केन्द्र)ले गृहमन्त्री रामबहादुर थापा बादललाई सांसद पदबाट हटाउन संसद् सचिवालयलाई पत्र पठाएको छ । उनले दल त्याग गरेको भन्दै माओवादीले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद पदबाट मुक्त गरिदिन शुक्रबार संसद् सचिवालयलाई पत्र पठाएको हो ।

नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभामा सांसद तथा सरकारमा गृहमन्त्री बनेका थापा अहिले नेकपा एमालेमा प्रवेश गरेका छन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ३१ ले राजनीतिक दल त्याग गर्न नहुने प्रावधान राखेको छ ।

संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले दल त्यागसम्बन्धी पत्र आइपुगेको जानकारी दिए । ‘दल त्यागसम्बन्धी पत्र आइपुगेको छ, संसद् सचिवालयले सूचना टाँसेपछि उहाँ पदमुक्त हुनुहुनेछ,’ सूचना अधिकारी धमलाले नयाँ पत्रिकासँग भने ।

संविधानअनुसार सदनमा सभामुख वा अध्ययक्षले दल त्यागसम्बन्धी सूचना पढेर सुनाएपछि वा संसद् सचिवालयले सूचना टाँसेपछि सांसद पदमा नरहने व्यवस्था छ । हाल राष्ट्रिय सभा अधिवेशन नचलेकाले संसद् सचिवालयले सूचना निकालेपछि थापाको सांसद पद सकिनेछ ।

तर, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना स्पेन भ्रमणमा रहेकाले उनी नेपाल फर्केपछि मात्रै सूचना निकालिने संसद् सचिवालयको भनाइ छ । अध्यक्ष तिमल्सिना १ वैशाखमा नेपाल फर्कनेछन् 

शीर्ष समाचार

धेरै पढिएको