April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

कोरोनाका कारण दूधकोसी जलविद्युतको काम प्रभावित

  • 6
    Shares

काठमाडौं, ठूला जलाशययुक्त आयोजनामध्येको आकर्षक आयोजना दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा कोरोना महामारीको प्रभाव परेको छ । कोरोनाका कारण ठेकेदार कम्पनीले समयमा काम गर्न नसक्दा आयोजना प्रभावित भएको हो ।

चालू आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा यसै आवमा निर्माण थाल्ने योजना थियो । कोरोना महामारीका कारण परामर्शदाताले समयमा काम गर्न नसक्नु र त्यसैका कारण सरकारीस्तरमा पर्याप्त ध्यान पुग्न नसक्दा आयोजना निर्माणका लागि तोकिएको समयसीमा पालना हुन सकेको छैन ।

६३५ मेगावाट क्षमताको जलाशययुक्त सो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन निर्माण गरेको इटालियन ठेकेदार कम्पनी इएलसी इलेक्ट्रो कन्सल्टका प्रतिनिधि कोरोना महामारीका कारण नेपाल आउन सकेको छैन ।

महामारीबाट प्रभावित मुलुक भएका कारण आयोजनाका अधिकारीले धेरै ताकेता गर्नसकेका छैनन् । दुई वर्ष पहिले नै तयार भएको प्रतिवेदनमाथि आवश्यक टिप्पणीसमेत आयोजनाका अधिकारीले पठाइसकेका छन् । परामर्शदाताले त्यसलाई समेटेर अन्तिम प्रतिवेदन बुझाउन बाँकी छ । गोरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको