April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

वैज्ञानिकलाई विज्ञान प्रविधिमा विकासमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह

  • 13
    Shares

काठमाडौं, प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट) का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकलाई यथास्थितिमै सन्तोष गर्न छोडेर उल्लेखनीय फड्को मार्ने गरी आविष्कार र अनुसन्धानतर्फ लाग्न अपिल गरेका छन् ।

सोमबार सम्पन्न नास्टको ४४औं प्राज्ञसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रविधिमा विकास गरिनुपर्ने विचार व्यक्त गरे ।

उनले अहिलेसम्म हाम्रो गति उत्साहहीन, संकल्पहीन, गन्तव्य नतोकिएको, अठोट नगरिएको र जे छ त्यसैमा सन्तोष लिने खालको रहेको टिप्पणी पनि गरे । करिब १ सय ११ वर्षअघि दक्षिण एसियामा पहिलोपटक जलविद्युत् गृह बनाउने देश अहिले पछाडि परेकोे भन्दै प्रधानमन्त्रीले वैज्ञानिकहरूलाई आफू आविष्कारक पुर्खाको सन्तान भएको नबिर्सन पनि आग्रह गरे । नेपाल समाचारपत्र दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको