April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

सरकारले पाँच दशकअघि नै बन्देज गरेको खसेरी दालको उत्पादन अझै रोकिएन

  • 13
    Shares

काठमाडौं, सरकारले खेसरी (दालको जात) उत्पादन  र बिक्री वितरणमा बन्देज लगाएको पाँच दशक बढी भइसकेको छ तर अझै यसको उत्पादन र बिक्री  वितरण रोकिएको छैन ।

विश्व  स्वास्थ्य  सङ्गठन  (डब्लूएचओ)ले स्वास्थ्यका  लागि  हानिकारक  भनेर  प्रतिबन्ध लगाएको  खेसरी  नेपालको तराईका जिल्लामा अहिले ठूलो  परिणाममा  उत्पादन  गरी  दाल, पापड र पकौडामा उपभोग गर्दै आएको पाइएको छ ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य  नियमावली २०२७ आएदेखि नै नेपालमा खेसरीको  उत्पादन, विक्रीवितरण र उत्पादनमा कानुनी रूपमै बन्देज लगाएको थियो ।

सिराहा औरही गाउँपालिका–५ का अगुवा  किसान  श्रीदेव यादवले तराईमा अहिले पनि खेसरी प्रत्येक  घरमा उत्पादन  हुने  गरेको बताए । उनले भने, “तराईका कतिपय घरमा अहिले पनि खेसरी र मुसुुरो दाल मिसाएर खाने चलन छ । अझै बढी त खेसरीको पापड र पकौडा बढी खाने गरिन्छ ।”

उनका अनुसार तराईमा दालसहित खेसरी सागका  रूपमा पनि खाने गरिन्छ । खेसरी उत्पादन  र  उपभोग गर्न हुने विषयमा त्यस क्षेत्रका  स्थानीयवासीलाई  जानकारी नै नभएको पनि उनले बताए । उद्योग वाणिज्य सङ्घ प्रदेश २ का अध्यक्ष  ललित शाहले खेसरी स्वास्थ्यका लागि हानिकारक  भनिए पनि तराईका ग्रामीण क्षेत्रमा यसको दाल  खाने चलन छ तर बजारतिर भने त्यति धेरै नपाइने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

शीर्ष समाचार

धेरै पढिएको