April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

विशेष कानुनको अभाव: विदेशमा रगतपसिना बगाएर फर्किंदा न श्रीमती न सम्पत्ति!

  • 30
    Shares

काठमाडौं, पछिल्लो समय बढ्दै गएको वैदेशिक रोजगारीले देशमा रेमिट्यान्स त भित्र्यायो । तर, यसले सामाजिक सम्बन्ध र धेरै परिवारलाई छिन्नभिन्न पनि पारेको छ । छोरा विदेश जाने, बुहारी सहर पस्ने क्रम बढ्दो छ । देशका अधिकांश गाउँघरमा वृद्धवृद्धा मात्रै छन् ।

श्रीमान् विदेशमा दुःख गर्ने, श्रीमती यता पैसा उडाउने गरेका घटना थुप्रै देखिएका छन् । विदेशमा रगतपसिना बगाएर फर्किंदा न श्रीमती न सम्पत्ति न त आफन्तकै अवस्थामा पुगेका छन् । यस्ता घटनामा पीडित भएकाहरूलाई न्याय दिलाउन कानुन अभाव देखिएको छ । श्रीमती हुँदाहुँदै अर्को बिहे गर्ने पुरुषले बहुविवाहमा सजाय भोग्नुपर्ने हुन्छ । तर, यस्तै अवस्थामा महिलालाई सजाय छैन । पहिलो श्रीमान्सँग स्वतः सम्बन्धविच्छेद भएको ठहरिने कानुनी व्यवस्था छ ।

अधिवक्ता प्रियहरि भण्डारीका अनुसार वैदेशिक रोजगारमा गएका व्यक्तिको हकमा सम्बोधन गर्ने विशेष कानुन छैन । घरसारमा पठाएको रकम मासियो, नासियो भनेको अवस्थामा सजाय गर्ने कानुन नै छैन ।

देवानी संहिताको लेनदेन महलमा साहु र आसामीको हकमा ऋण लिएको, दिएको, खाएको देखियो भने सावाँब्याज तिराइदिने, सम्पत्ति बन्डा गराइदिने व्यवस्था छ । कानुनअनुसार एकाघरमा श्रीमान् श्रीमती, दाजुभाइको बीचमा भएको सगोलको कारोबारमा ऋणधनको अर्थ लाग्दैन । यसलाई सगोलको सम्पत्ति मानिन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

शीर्ष समाचार

धेरै पढिएको