March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

वातावरण प्रदूषणबाट प्रभावित नागरिकलाई पानी परेसँगै राहत

काठमाडौं, काठमाडौं उपत्यकासहित अधिकांश भेगमा वातावरण प्रदूषणबाट प्रभावित नागरिकलाई पानी परेपछि राहत मिलेको छ ।

भूमध्य र अरब सागरको पश्चिमी वायु र बंगालको खाडीमा विकास भएको न्यूनचापीय क्षेत्रको प्रभावले बुधबार विभिन्न ठाउँमा वर्षा भई वायु गुणस्तरमा सुधार भएको छ ।

काठमाडौं उपत्यका र आसपास, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भेगमा बुधबार साँझ वर्षा भएसँगै वायु गुणस्तर सूचकांक (एक्यूआई) घटेको छ ।

बाराको सिमरा, ललितपुरको भैँसेपाटी र भक्तपुरको सूचकांक २ सयभन्दा तल झरेको छ । यिनै ठाउँमा सूचकांक शनिबार साढे ३ सयभन्दा माथि पुगेको थियो ।

जनस्वास्थ्यका दृष्टिले एक्यूआई ५० देखि १०० सम्मलाई सामान्य मान्ने गरिन्छ । यो ३ सय नाघेपछि घातक मानिन्छ । एक सातायता मुलुकका अधिकांश स्थानमा डढेलो लागेपछि फैलिएको धूवाँले एक्यूआई घातक अवस्थामा पुगेको थियो ।अन्नपूर्ण पोस्टबाट

शीर्ष समाचार

धेरै पढिएको