May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

बिमस्टेकको मन्त्रीस्तरीय बैठक आज बस्दै

  • 6
    Shares

काठमाडौं, बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक बिहीबार बस्ने भएको छ । सो बैठकको पूर्वाद्र्धमा बुधबार तयारी बैठक बसेको छ । मन्त्रीस्तरीय बैठक श्रीलङ्काले आयोजना गर्नेछ ।

नेपालका तर्फबाट #मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्नुहुने कार्यक्रम रहेको छ । उनीसँग अन्य विभिन्न मन्त्रालयका मन्त्री तथा उच्चाधिकारी सहभागी रहनुहुनेछ । बिहीबार अपराह्न ३ बजे भर्चुअल रूपमा बस्ने तय भएको छ ।

भर्चुअल रूपमा बसेको तयारी बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका थिए । बैठकले बिहीबार भर्चुअल रूपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तुसमेत तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिमस्टेक सदस्य राष्ट्रका उच्चाधिकारीको सहभागिता रहेको बैठकमा बोल्दै परराष्ट्र सचिव पौड्यालले सन् २०१८ को अगस्टमा नेपालमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा भएका निर्णय र त्यसपश्चात् भएका अन्य उच्चस्तरीय बैठकले गरेका निर्णय कार्यान्वयन सफलताको बाटो उन्मुख रहेको बताए ।

उनले बिमस्टेक क्षेत्रका जनताको प्रगति र समृद्धिका लागि सदस्य राष्ट्रहरू बीचको गहन सहयोगको माध्यमबाट बिमस्टेकलाई एक प्रभावकारी सङ्गठन बनाउन ठोस पहलको आवश्यकता रहेको औँल्याए ।गोरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको