April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

चैतको दोस्रो सातासम्ममा कर्जा प्रवाह २८ अर्बले बढ्यो

काठमाडौं, चैतको दोस्रो सातासम्ममा २७ वाणिज्य बैंकको निक्षेप १० अर्बले बढेको छ भने कर्जा प्रवाह २८ अर्बले बढेको छ ।

चैतको पहिलो साता १४ अर्ब निक्षेप बढेको थियो भने कर्जा २३ अर्बले बढेको थियो । नेपाल बैंकर्स एसोसिएसनका अनुसार ६ चैतसम्म वाणिज्य बैंकमा ३८ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप रहेकोमा १३ चैतसम्म आउँदा ३८ खर्ब ५० अर्ब पुगेको छ ।

गत ६ चैतसम्म ३४ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा १३ गतेसम्म आइपुग्दा ३४ खर्ब ६२ अर्ब कर्जा लगानी भएको पाइएको छ । गत ६ चैतसम्म १ खर्ब ८ अर्ब विदेशी रुपैयाँ निक्षेप रहेकोमा १३ चैत्रसम्म आइपुग्दा १ खर्ब ९ अर्ब पुगेको छ ।

कर्जामा पनि ६ गतेसम्म १ खर्ब ३१ अर्ब थियो भने १३ गतेसम्म आइपुग्दा १ खर्ब ३४ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत १२ चैतसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ४३ खर्ब ६७ अर्ब निक्षेप संकलन भएको छ । यो अघिल्लो दिनभन्दा १ अर्बले बढी हो ।

यसैगरी कर्जातर्फ १३ चैत्रसम्ममा ३९ खर्ब ५ अर्बको कर्जा लगानी भएको छ । अघिल्लो दिनसम्ममा कर्जा ३८ खर्ब ९९ अर्ब प्रवाह भएको थियो । “क” वर्गका २७ वटा वाणिज्य बैंकबाट १२ चैत्रसम्म ३८ खर्ब ४५ अर्ब निक्षेप संकलन भएको थियो । अरू वित्तीय संस्थाबाट भने ५ खर्ब २२ अर्ब निक्षेप संकलन भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ७७.७२ प्रतिशत पुगेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

शीर्ष समाचार

धेरै पढिएको