May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

स्वदेशी भूमिमा ३७ वर्षपछि नेपालले प्राप्त गरेको उपाधि

  • 50
    Shares

काठमाडौं, नेपालले घरेलु भूमिमा ३७ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको थ्री नेसन्स कपको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपाल स्वदेशी भूमिमा ३७ वर्षपछि च्याम्पियन बनेको हो ।

नेपालले सन् १९८४ पछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो । त्यति बेला दक्षिण एसियाली खेलकुद महासंघ (साग)मा बंगलादेशलाई हराउँदै उपाधि जितेको थियो । समग्रमा नेपालको यो पाँचौं उपाधि हो । यसअघि नेपालले सन् १९८४ र १९९३ को सागको पुरुष फुटबल, २०१६ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कप र २०१६ मै बंगलदेशमा भएको बंगलबन्धु कप जितेको थियो ।

प्रशिक्षक बालगोपाल महर्जनको कप्तानीमा गतवर्ष नेपालले सागको उपाधि जितेको हो । नेपाललाई थ्री नेसन्स कपको च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

बंगलादेशका महाबुबुरले दोस्रो हाफमा एक गोल फर्काए । खेलको १३औं मिनेटमा सुनिलको क्रस बल त्रिदेव गुरुङले नियन्त्रणमा लिन नसकेपछि बललाई बंगलादेशका डिफेन्डरले क्लियर गर्दा नेपाल अग्रता लिनबाट चुक्यो । १७औं मिनेटमा सुनिल बलको क्रसमा डिफेन्डर अनन्त तामाङको हेडरलाई अनिसुर रहमानले बचाए । १८औं मिनेटमा सन्जोक राईले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाए ।

सुनिल बलको कर्नरमा सन्जोक राईले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । राष्ट्रिय टोलीबाट सन्जोकले डेब्यु गोल गरेका हुन् । उनी यसै नेसन्स कपमा राष्ट्रिय टोलीमा परेका थिए । बंगलादेशविरुद्धको खेलबाट सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका सन्जोकले आफ्नो दोस्रो खेलमै गोल गर्न सफल भएका हुन् ।

३०औं मिनेटमा अन्जन विष्टले गोलरक्षक अनिसुर रहमानलाई बिट गर्दै गरेको चिप प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा नेपालले अग्रता दोब्बर पार्नबाट चुक्यो । ४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । रन्जित धिमालको पासमा सन्जोक राईले छोएको बललाई विशाल राईले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए ।

दोस्रो हाफमा पनि नेपालले बंगलादेशलाई दबाबमा राखे पनि थप गोल गर्न नसक्दा एक गोल बेहो¥यो । ७१औं मिनेटमा विशाल राईको पासमा सब्सिच्युट रविशंकर पासवानले डि बक्समा भेट्न सकेन । ८३औं मिनेटमा सब्सिच्युट महावुर रहमानले कर्नरबाट आएको बललाई हेडर गोल गर्दै खेललाई २–१ ले स्थितिमा ल्याए पनि त्यसपछि थप गोल निस्कन नसक्दा नेपाल २–१ ले विजयी हुन सफल भयो ।

च्याम्पियन बनेपछि नेपाली टोलीका प्रशिक्षक विराज महर्जनले यो जितको श्रेय टिम सहयात्री र समर्थकलाई जाने बताए । ‘यो सय दिनको प्रशिक्षणको सफलता हो । मैले आइतबार नै खेल केही फरक हुने बताएको थिए । आज त्यहीअनुसार खेल भयो । हामी सफल भयौं । खुसी र सन्तुष्ट छु ।राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको